धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दार्चुलाको व्यास जोड्ने पुल छिटे निर्माण सम्पन्न गर्न माग

दार्चुलाको व्यास जोड्ने पुल छिटे निर्माण सम्पन्न गर्न माग

धनगढी । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनिलाई तत्काल साईडमा वोलाई समयमै निर्माणको कार्य पुरा गरि ब्याँस वासीलाई पुलवाट छिट्टै जावतको व्यवस्था मिलाउन माग गरिएको छ । नेपाली कांग्रेस ब्याँस गाउँपालिका गाउँ कार्य समितिले बुधबार ज्ञापन पत्र मार्फत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको ध्यानाकर्षण गराएको हो ।

२०७८÷÷२८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मेवारी पाएको खम्पाछे÷रुविना जे.भिका प्रतिनिधि लाई बोलाएर २०७८ पौष मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्ने भन्ने निर्देशन दिए पनि हालसम्म पुल निर्माणको काम सुरु नभएकाले भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेको हो ।

अहिले तत्काल पुल निर्माणको काम सुरु गरेको पौष मसान्तसम्म पुल निर्माण नहुने भएकाले पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनी लाई पुल निर्माणको काम तत्काल सुचारु गरि पौष मसान्तसम्म पुल निर्माको काम सप्पन्न गर्न निर्देशन दिई ब्यास बासी जनताले पुल बाटै आवतजावत गर्ने जनचाहना पुरा गरिदिन हुन अनुरोध गरिएको छ ।

जिल्ला सदरमुकाम खलंगावाट ब्यास गाउँपालिका भौगोलिक रूपमा विकट र यातायातको पहुँच भन्दा टाढा रहेकोले ब्यास गाउँपालिका जोड्ने एक मात्रै दार्चुला तिङकर सडक बर्षायामको बाडी पहिरोले अबरुद्ध भएपछी सरकारी कामकाज, औषधि उपचार तथा दैनिक उपभोग्य सामान ल्याउन ब्यासबासीले तुईनको जोखिमपूर्ण यात्रा गरेर भारतको बाटो प्रयोग गरेर दार्चुला सदरमुकाम आउनुको परेकोले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन गरिदिन अनुरोध गरीन्छ नव निर्वाचित साभापति नरेन्द्र दत्त भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले तुईन विस्थापन गर्ने भनेर २०७६ मा ब्यासको बडुगाउ,मलघट्टे र माल मा झोलुङ्गे पुल निर्माणको लागि ठेक्का गरेको थियो । ब्यासको वडा नम्बर ६ बडुगाउको नेपाल भारत जोड्ने झोलुङ्गेपुल निर्माण सप्पन्न भईसकेपनी हालसम्म वडा नम्बर ४ को मलघट्टे र वडा नम्बर २ को माल मा नेपाल भारत जोड्ने झोलुङ्गेपुल निर्माणहुन सकेको छैन ।

समयमै पुल निर्माण नहुदा ब्यास गा.पा वडा नम्बर २,३ र ४ का स्थानीयहरु तुईनको जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेका छन । माल र मलघट्टे को झोलुङ्गेपुल निर्माणको जिम्मेवारी पाएको खम्पाछे÷रुविना जे.भि ले समयमा पुल निर्माण नगर्दा ब्यास २ का जयसिह धामिले तुईन तर्ने क्रममा अकालमै ज्यान गएको छ ।