धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सहकारी बैंकद्धारा उत्कृष्ठ सहकारीहरु सम्मानित

सहकारी बैंकद्धारा उत्कृष्ठ सहकारीहरु सम्मानित

धनगढी ।  सुदुरपश्चिममा उत्कृष्ट काम गर्ने सहकारीहरुलाई राष्ट्रिय सहकारीहरुलाई सहकारी बैंक लिमिटेडले सम्मानित गरेको छ ।

बचत तथा ऋण बिषयगत बाहेकको  प्रादेशिक उत्कृष्ठ सहकारीमा नवजीवन सहकारी संस्था लिमिटेड धनगढी र बचत तथा ऋण बिषयगत  प्रादेशिक उत्कृष्ठ सहकारी बिधामा जनकल्याण सहकारी संस्था लिमिटेड टीकापुर सम्माति भएका हुन् ।

त्यस्तै शाखा स्तरिय नियमित कारोवार गर्ने सहकारी मध्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी र  शाखा स्तरिय उत्कृष्ट कारोवार गर्ने सहकारी मध्य दलित बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड पुनर्वास नगरपालिका ३ कन्चनपुर सम्मानित भएका हुन् ।

सहकारी बैकद्धारा  धनगढीमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले नवजीवनका अध्यक्ष चक्र बहादुर सिंह र उपाध्यक्ष डा. गोविन्द राज जोशीलाई   प्रदेश स्तरिय उत्कृष्ठ सहकारीको सम्मानपत्र जनकल्याणका अध्यक्ष बद्री भट्टराई र व्यवस्थापक छबि जैशीलाई प्रदेश स्तरिय उत्कृष्ट बचत तथा ऋण सहकारीको सम्मानपत्रलक्ष्मी सहकारीका अध्यक्ष राकेशमान कर्माचार्य र  व्यवस्थापक दिपेन्द्र श्रेष्ठलाई नियमित कारोवारको सम्मानपत्र  र दलित बहुउद्धेश्यीय सहकारीका उपाध्यक्ष क्षितिज बिश्वकर्मा र व्यवस्थापक दान बहादुर रावललाई उत्कृष्ट कारोवारको सम्मानपत्र  प्रदान गरेका हुन् ।

सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री तामाङले सहकारीहरुले आफैमा उत्कृष्ट कार्य गर्नु पर्ने बताए । सहकारीहरुले सरकारी काम लिन प्रतिस्पर्धा गर्ने हो भने चाडै सहकारीको भावना र अस्तित्व अप्ठेरोमा पर्ने मन्त्री तामाङले बताए ।