धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

असोज यता भारतबाट आएका १ प्रतिशतमा कोरोना देखिंदै

असोज यता भारतबाट आएका १ प्रतिशतमा कोरोना देखिंदै

धनगढी । सुदूरपश्चिमको गौरिफण्टा नाका हुँदै भारतबाट नेपाल भित्रिने नागरिक मध्य १ प्रतिशतमा कोरोना संक्रमण देखिन थालेको छ ।

गौरिफण्टा नाका हुँदै सुदूरपश्चिम प्रवेस गर्ने नेपाली तथा भारतीय नागरिकको सीमा नाकामै एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्ने गरिएको छ । सीमामा गरिने स्वास्थ्य परिक्षाण अनुसार असोज १ गते देखी १२ गते सम्म नेपाल भित्रिने मध्य दैनिक १ प्रतिशत नागरिकमा कोरोना पुष्टि हुने गरेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

असोज अघि गौरिफण्टा नाका हुँदै भारतबाट नेपाल आउने नागरिकमा २ देखी ५ प्रतिशत सम्म कोरोना पुष्टि हुने गरेकोमा असोज यता संक्रमण न्यून हुन थालेको हो ।

गौरिफण्टा नाकामा स्वास्थय परिक्षण गर्ने स्वास्थ्य कर्मीका अनुसार असोज १ गते देखी १२ गते सम्म ५ हजार १ सय ७५ जना नेपाल भित्रिएका थिए ।  उनिहरु सवैको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य डेस्क इन्चार्ज दीनेश ठकुल्लाले बताए । उनका अनुसार असोज १ गते यता भारतबाट तीन हजार १ सय ९३ जना पुरुष, १ हजार १ सय ७७ जना महिला र ८ सय ५ जना बालबालिका नेपाल भित्रिएका छन् ।

पछिल्लो समय भारतबाट नेपाल आउने नेपालीको सुंख्या बढ्न थालेको छ । नेपाली हरुको महान चाँड वीजया दशमी नजिकिर्दै गर्दा रोजगारीका लागि भारत गएका नेपालीहरु स्देश फिर्ता हुने क्रम बढेको हो । कञ्चनपुर स्थित गौरिफण्टा नाकामा नेपाल आउने नागरिकको तथ्याङ्क राख्दै आएको सशस्त्र प्रहरीका अनुसार पछिल्लो पटक भारत जाने भन्दा नेपाल आउनेको संख्या बढेको हो ।

पछिल्लो ३ दिनमा भारतबाट १ हजार ९ सय ९३ जना नेपाली गौरिफण्टा नाका हुँदै नेपाल भित्रिएका छन् । तीन दिनमा भारत जाने नेपालीको संख्या १ हजार ९९ रहेको सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार भुपेन्द्र सिंह खत्रीले बताए । दशै नजिकिदै जाँदा भारत गएका नेपाली स्वदेश फर्कनेक्रम बढेको छ, खत्रिले भने,‘अहिले भारत जानेको संख्या घट्दै आएको छ । पछिल्लो समय भारत जाने नेपाली मध्य अधिकांस नागरिकको भारतमै घर हुने गरेको उनले बताए । भारतमै घर भएर उतै परिवार भएकाहरु भारत तर्फ जाने गरेका छन्, उनले भने,‘पछिल्लो समय रोजगारीका लागि भारत जानेको संख्या न्यून छ, केही नागरिक उपचारको शिलशिलामा र केही उतै घरभएकाहरु भारत जाने गरेका छन् ।