धनगढी पोष्ट
बिहिबार, १४ असोज २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ८४ बर्षिय पुरुष रहेका छन् ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेतीको परिक्षणमा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार १ सय ८३ जनाको स्वास्थ्य परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । हाल सेती अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाइएको छ ।