धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दम्पतिलाई संगै राखे महिला हिंसा सम्बन्धी कानूनी तालिम

दम्पतिलाई संगै राखे महिला हिंसा सम्बन्धी कानूनी तालिम

धनगढी । धनगढीमा दम्पतिलाई संगै राखेर महिला हिंसा न्युनीकरण सम्बन्धी कानून अवस्था तथा हिंसामा परेमा अपनाइने कानूनी प्रक्रियाका बारेमा तालिम प्रदान गरिएको छ ।

दलित महिला संघ (फेडो) को आयोजनामा सम्पन्न भएको दुई दिने तालिममा कैलालीको बर्दगोरिया गाउँपालिका र गोदावरी नगरपालिकाका २० जना दम्पतिको सहभागिता रहेको थियो । उनिहरुलाई लैङ्गिक हिंसा न्यनूनीकरण सम्बन्धी देशमा निर्माण गरिएका कानून, हिंसामा पर्दा न्याय प्राप्तिका लागि अपनाइने कानूनी प्रक्रिया, पारिवारिक हिंसा न्युनीकरण गर्ने तरिका लगायतका बारेमा जानकारी गराइएको थियो । सहभागिलाई अधिबक्ता गणेश कडायतले कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

अधिबक्ता कडायतले  घरेलु हिंसा न्युनीकरणका लागि महिला र पुरुषलाई संगै राखेर कानूनी ज्ञान दिनु आवश्यक रहेको बताए । एक जनालाई मात्रै कानूनी ज्ञान सिकाउँदा त्यो अधुरो हुन्छ, कडायतले भने,‘त्यसका लागि दम्पतिलाई संगै राख्न सके धेरै राम्रो हुन्छ, फेडोले त्यो कार्यको सुरुवात गरेको छ, यो प्रभावकारी हुनेछ । उनले दम्पतिलाई कानूनी ज्ञान दिंदा त्यसको सकारात्मक असर समाजमा पनि पर्ने बताए ।

महिलाले मात्रै कानून सिक्दा पुरुषले पत्यउाउँदैनन्, अधिवक्ता कडायतले भने,‘पुरुषले मात्रै सिकेर पनि त्यसको खास्सै प्रभाव पर्दैन, तर दम्पनिलाई नै कानूनकाबारेमा जानकारी दिंदा त्यसले समाज रुपमान्तरणमा समेत टेवा पुग्दछ, पुरुषले पुरुषलाई र महिलाले महिलालाई सिकेका कुरा बाँड्न सक्दछन् ।

तालिम पछि सहभागिले पनि राम्रो प्रतिक्रिया दिएका छन् । तालिममा सहभागि कैलालीको बर्दगोरिया गाउापालिका५ का तेज बहादुर बिसिले तालिम पछि आफुलाई धेरै सिकाई भएको बताए । यस अघि श्रीमति मात्रै तालिममा आउनु हुन्थ्यो, उनले भने,‘उनले सिकेका कुरा मलाई सम्झाउन सक्दिनथिन्, तर आज दुवै जनाले एउटै कुरा संगै सिक्ने मौका पाएका छौं, हामीले सिकेका कुरा समाजमा पनि बाँड्ने छौं ।

गोदावरी नगरपालिका३ की गितादेवी बादीले श्रीमान, श्रीमतिलाई संगै राखेर कानूनी ज्ञान दिंदा सिकाई व्यवहारमा लागु हुने बताइन् । हामी तालिममा जाँदा पुरुषले खास्सै पत्याउँदैनथ्ये, उनले भनिन्,‘तर आज पुरुषले पनि हामी संगै सिक्ने मौका पाएका छन्, यस्तो सिकाई दिगो हुनका साथै व्यवहारमुखी भएको छ ।

तालिम समापन गर्दै फेडो कैलालीकी अध्यक्ष शविना सुनारले सिकाका कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन् । महिला र पुरुषलाई राखेर तालिम सञ्चालन गर्दा बढी प्रभावकारी हुने उनले विश्वास गरिन् । फेडो कैलालीका संयोजक विनादे घिमिरेले सहजिकरण गरेको तालिम सञ्चालन सचिव अम्बिका ताम्राकारले गरेकिथिइन् ।