धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

भारतबाट कैलाली आउन स्वास्थय परिक्षण अनिवार्य

भारतबाट कैलाली आउन स्वास्थय परिक्षण अनिवार्य

धनगढी । भारतबाट कैलाली आउने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले नियम लगाएको छ ।

भारतबाट कैलालीका सीमा भएर आउँदा सीमामा सवै नेपाली नागरिकको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएमात्रै घर जान पाउने व्यवस्था गरिएको छ ।  यसैगरी भारतीय नागरिक नेपाल आउँदा ७२ घण्टा भित्र स्वास्थ्य परिक्षण गरेको रिपोर्ट देखाउनु पर्ने जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालीहरुको महानचार्ड दशै तिहार नजिकिदै जादाँ रोजगारीका लागि भारतमा रहेकाहरु आफ्नो जन्मथलो फर्किन थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा भित्रिनेहरुका लागि मापदण्ड निर्धारण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै कैलालीको त्रिनगर र टीकापुर नगरपालिकाको खक्रौला नाकाबाट आउन दिने र यसका लागि आवश्यक मापदण्डहरु तोकेको हो । कैलाली भित्रिरहेका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिए एन्टिजेन परीक्षण गरी नेगेटिभ आए मात्र नेपाल प्रवेश गर्न दिइने छ ।

यसैगरि विदेशबाट नेपाल आगमन हुने, नेपाल प्रस्थान गर्नेहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ बमोजिम हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । भारतीय नागरिकको हकमा नेपाल प्रवेश गर्दा ७२ घण्टा भित्र आरटी पीसीआरबाट कोरोना परीक्षण गरिएको नेगेटिभ रिपोर्टसहित अनलाइन फाराम भर्नु पर्ने जनाइएको छ ।