धनगढी पोष्ट
शुक्रबार, १५ असोज २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापर्वाहीका कारण शिशुको ज्यान गएको भन्दै छानविनको माग गरेका छन् ।
डोटिको दिपायल सिलगढी नगरपालिका–७ का विष्णु वि.क तथा मातादेवी वि.कको ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान केजिमा मृत्यु भएको जनाइएको छ । मृतक शिशुका आफन्तले स्वास्थ्यकर्मीको लापरवाहीका कारण बच्चाको ज्यान भएको भन्दै छानविनको माग गरेका हुन् ।
बालकको टाउकोमा घाउ रहेको र रेफर गर भन्दा नमानेको मृतकका काका शंकर विकले बताए । उपचारमा संलग्न स्वास्थ्य कर्मीले बालकको खुट्टाबाट सिरिञ्ज मार्फत औषधी दिने बताएपनि टाउकोमा घाउ हुनु संकास्पद रहेको उनले बताए । केजिमा उपचार सम्भव नभए अन्तै लैजान्छौ भन्दा पनि अस्पतालले ६ दिन सम्म ठिक भइहाल्छ भन्दै बालकलाई मारेको उनको आरोप छ । शिशुको डोटी स्थित महाकाली मेडिकलमा प्राथकिम उपचार गरिएकोमा त्यहाँ उपचार सम्भव नभएको भन्दै धनगढी ल्याइएको थियो ।