धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

आज सुदुरपश्चिममा थपिएका ९८ मध्य ६९ डोटीका मात्रै

धनगढी,

  धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा आज कोरोना पुष्टी भएका ९८ मध्य ६९ जना डोटीका मात्रै रहेका छन् ।

   सेती प्रादेशिक अस्पताल धनगढीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आज डोटीमा १३ महिला र ५६ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै डोटीमा कोरोना संक्रमितको कुल संख्या २ सय ९२ पुगेको छ ।

  आज डोटीमा देखिएका संक्रमितहरुमा सबै भन्दा बढी पूर्वीचौकी गाउँपालिकाका रहेका छन् । पुर्वीचौकीमा ६ महिला र ३९ पुरुष गरी ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

  यस्तै आज नै डाटीको आदर्श गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, के आई सिंह गाउँपालिकाका दुई जना पुरुष, कुमारीकोट डोटीका एक महिला र एक पुरुष तथा दिपायल सिलगढीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।