धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

विद्यालयमा ६ दिनमात्रै दशै विदा

विद्यालयमा ६ दिनमात्रै दशै विदा

धनगढी । कोरोना महामारीका कारण विद्यार्थीको पठनपाठन क्षमता विग्रीएको भन्दै सुदूरपश्चिमका केही स्थानीय तहले यस बर्ष ६ दिनमात्रै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।

कोरोना महामारीमा लामो समय विद्यार्थी घरमै बस्दा उनिहरुको पठन क्षमता घट्नुका साथै स्मरण क्षमता कम्जोर बनेको भन्दै डोटीको जोरायल गाउँपालिका, बोगटान फडिसल गाउँपालिका र बैतडीको दोगडा केदार गाउँपालिका तथा डिलाशैनी गाउँपालिकाले दशै विदा घटाएर ६ दिनमा सिमित बनाएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तका अनुसार असोज २६ गते फूलपातीका दिनदेखि असोज ३१ गतेसम्म मात्र विद्यालयमा सार्वजनिक विदा दिइने छ । कात्र्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन गर्ने निर्णय गरिएको उनले बताए ।

यसैगरी बैतडीकै डिलाशैनी गाउँपालिकाले पनि असोज २६ देखि असोज ३१ गतेसम्म बिदा हुने जनाएको छ । डिलाशैनिमा ५ सय ६२ सामुदायिक तथा संस्थागत विद्यालय रहेका छन् ।

यसैगरी डोटीको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले पनि यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले बताए ।

उनका अनुसार असोज २६ गतेदेखि ३१ सम्म मात्र बिदा दिइने छ । यसैगरी डोटीकै जोरायल गाउँपालिकाले पनि दशैमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जोरायल गाउँपालिका शिक्षा शाखाले जारी गरेको विज्ञप्ति अनुसार असोज २६ देखी  ३१ गते सम्म मात्रै पालिकाका विद्यालय बन्द गर्न पत्राचार गरिएको छ ।