धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीमा कोरोना संक्रमित १ जनाको मृत्यु, २५ जनामा कोरोना संक्रमण

सेतीमा कोरोना संक्रमित १ जनाको मृत्यु, २५ जनामा कोरोना संक्रमण

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना संक्रममितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा धनगढीउपमहानगरपालिका३ का ७५ बर्षिय पुरुष रहेका छन् । यो संगै सेती अस्पतालमा मात्रै कोरोना संक्रमणका कारण हाल सम्म १ सय ९८ जनाको मृत्यु भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा शनिबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।