धनगढी पोष्ट
शनिबार, १६ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शनिबार प्रदेशका एक हजार दुई सय ४९ जनाको स्वास्थ्य परिक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार शनिबार एक हजार ६० जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ३ जना तथा एक सय ८९ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार थपिएका संक्रमति संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संखया ४७ हजार २ सय ८३ पुगेको छ ।
स्वास्थय निर्देशनालयका अनुसार शनिबार सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचाररत ३२ जना कोरोना निको भएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निको हुनेको जम्मा संख्या ४६ हजार ५ सय ५९ पुगेको छ । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण शनिबार सम्म ५ सय ९६ जनाको मृत्यु भएको छ । शनिबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा शनिबार सम्म दुई लाख ६ हजार ९ सय १३ जनाको पिसिआर विधिबाट र एक लाख ४३ हजार ७ सय ७० जनाको एन्टिजेन विधिबाट गरी जम्मा ३ लाख ५० हजार ६ सय ८३ जनाको कोरोना परिक्षण गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार सम्म सुदूरपश्चिममा तीन सय ७७ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ ।