धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024
बझाङ कांग्रेस अधिवेसन

निर्वाचन अधिकृत सम्पर्क विहीन, आरोप प्रत्यारोपमा उम्मेदवार

निर्वाचन अधिकृत सम्पर्क विहीन, आरोप प्रत्यारोपमा उम्मेदवार

धनगढी । नेपाली कांग्रेसको आसन्न महाँधिवेसन अन्तरगत बझाङमा प्रमुख मतदान अधिकृत सम्पर्क विहीन भएका छन् । उनी शुक्रबार राती देखी सम्पर्क विहीन बनेका हुन् । मतदान अधिकृत सम्पर्कबिहीन बन्दा कांग्रेसको १५ औं महाँधिवेसनमा उम्मेदवार बनेका नेता भने आरोप प्रत्यारोपमा उत्रेका छन् ।

बझाङमा देउवा पक्ष र रामचन्द्र पौडेल पक्ष बाट जिल्ला सभापतिका उम्मेदवार अघि सरेका छन् । नयाँ नेतृत्वका लागि देउवा पक्षबाट खडक बोहराले सभापतिको उम्मेदवारीमा दावी गरेका छन् । उनलाई पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, पूर्व जिल्ला सभापति सत्यराज भण्डारी र संविधान सभा सदस्य चन्द्रा जोशीले समर्थन गरेका छन् ।

यसै गरी पौडेल पक्षबाट रमेश भण्डारीले सभापतिमा दावी गरेका छन् । उनलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन रहेको बुझिएको छ ।

केन्द्रिय महाँधिवेसन समितिले बझाङका लागि निर्वाचन अधिकृत तोकेर पठाइएकोमा उनि सम्पर्क विहीन भएपछि दुवै समुह एक अर्कालाई आरो प्रत्यारोपमा उत्रेका छन् । पौडेल पक्षले चुनावी हार्ने डरले मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारेको आरोप लगाएका छन् । भने देउवा पक्षले निर्वाचन अधिकृतलाई लुकाएको आरोप लगाएका छन् ।