धनगढी पोष्ट
आइतबार, १७ असोज २०७८ मा प्रकाशित
धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यही असोज २० गते धनगढी आउने भएका छन् ।
जनमोर्चाले धनगढीमा आयोजना गर्ने बिरोध सभामा सहभागि हुन केसी धनगढी आउन लागेका हुन् । धनगढी आउँदा केसीले जनमोर्चाको कैलालीमा बिरोध रहेका कारण सो विावदलाई मिलाउने प्रयत्न गर्ने पनि बुझिएको छ ।
जनमोर्चाले संघीयता खारेज गर्नु पर्ने लगायतका माग राखेर विरोध पर्दशन गर्ने जनमोर्चाका प्रदेश अध्यक्ष नन्दराज भट्टले बताए । जनमोर्चाले २० गते दिउँसो १२ बजे चौराहाबाट ¥याली सुरु निकालेर पार्क मोडमा सभा गर्ने र उक्त सभालाई जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भट्टले बताए ।