धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

डडेल्धुरामा कांग्रेसका असन्तुष्ट पक्षको अनसन स्थिगित

डडेल्धुरामा कांग्रेसका असन्तुष्ट पक्षको अनसन स्थिगित

धनगढी । क्रियाशिल सदस्य वितरण र वडा अधिवेसन स्थिगितको माग गर्दै नेपाली कांग्रेसको असन्तुष्ट पक्षले डडेल्धुरामा गरेको अनुसन स्थिगत भएकोे छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी तरिकाले अधिवेसन गराएको भन्दै डडेल्धुराका सभापति कर्ण मल्ल पक्ष नेता तथा कार्यक्रर्ता विगत ११ दिन देखी अनसनमा बसेका थिए ।

तर आइतबार नेपाली कांग्रेसका केन्द्रिय नेता डडेल्धुरा पुगेपछि भने अनसन स्थिगित भएको हो । आइतबार कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका थिए । शिर्ष नेताहरुले माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको उनले बताए । पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए । क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरूले रिले अनशन थालेका थिए ।

डडेल्धुरामा क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति मल्ल पक्षले विरोध गर्दै आइरहेको छ ।

डडेल्धुरा कांग्रेसमा जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ । जिल्ला कार्यसमितिले क्रियाशील सदस्यका लागि पाँच हजार आठ सय चार जनाको नामावली पठाएकोमा छानबिन समितिले चार सय ४४ जनाको नाम हटाइदिएको मल्ल पक्षको भनाइ छ ।