धनगढी पोष्ट
आइतबार, १७ असोज २०७८ मा प्रकाशित
धनगढी । डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ता विच झडप भएको छ । कांग्रेसका केन्द्रिय नेता अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरेले सहभागि रहेको कार्यक्रममा कांग्रेसकै कार्यकर्ता विच झडप भएको हो ।
नेपाली कांग्रेस डडेल्धुरामा एकलौटी गरिएको वडा अधिवेसन स्थिगित गरिनु पर्ने माग राख्दै सभापति कर्ण मल्ल समुहद्वारा विगत ११ दिन देखी अनसन थालिएको थियो । सोही अनुसनमा एकिबद्धता जनाउँदै सम्बोधन गर्ने उद्देश्यले केन्द्रिय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे आइतबार डडेल्धुरा पुगेका थिए ।
कार्यक्रमलाई कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा समुहले विथोल्न खोज्दा झडप भएको बुझिएको छ । कार्यक्रममा देउवा पक्षले कालोझण्डा देखाउन खोज्दा कर्ण मल्ल पक्षले प्रतिकार गरेका कारण झडप भएको प्रहरीको भनाई छ । झडपमा परी आधा दर्जन बढी कांग्रेसका कार्यकर्ता कार्यकर्ता घाइते भएका छन् ।