धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दशैका लागि घर आउने नेपाली भारतमै लुटिंदै

दशैका लागि घर आउने नेपाली भारतमै लुटिंदै

धनगढी दशै मनाउन भारतका विभिन्न स्थानबाट नेपाल आउने नेपालीहरु बाटैमा लुटिन थालेका छन् दशैमा पैसा बोकेर आउने गरेको नेपालीलाई भारतका बस स्टेसन तथा अन्य सार्वजनिक स्थलमा लुटेराहरुले निशाना बनाउने गरेको भारतबाट आउने नेपालीले बताएका छन्  हामी हिमाञ्चल प्रदेशबाट नेपाल आउनका लागि बसपार्कमा प्रतिक्षा गरिरहेका थियौं, धनगढी१३ का दिपक जोशीले भने, ‘त्यहाँको बसपार्कमा एक्लै भएको मौका पारी तीन जनालाई खुकरी तेस्र्यााउँदै उनीहरुसंग भएको पैसा लगे, कसैलाई भने मार्ने धम्की थिए

आफुहरुको समुहमा १९ जना रहेकोमा तीन जना एक्लै भएको मौका छोपी लुटेराले खुकुरी देखाँउँदै एक लाख ३० हजार बढी लुटेर लगेको उनले बताए

असोज १५ गते भारतबाट आउँदा आफुहरु लुटपाटमा परेको उनले बताए उनका अनुसार भारतकै हिमाञ्चल प्रदेशबाट आएका अन्य जना बस भित्रै लुटिएका छन्  बसमा यात्रा गरिरहेका वेला खल्ति काटेर दुई जनाको ६२ हजार भारु चोरेको उनले बताए हामीसंगै हिमाञ्चलबाट आएका दुई जनालाई बस भित्रै खल्ति काटेर चोरले लुटे, उनले भने, ‘दशैमा खर्च जुटाएर आएका उनीहरु रित्तोहात फर्किन बाध्य भए

पछिल्लो समय भारतबाट नेपाल फर्कने अधिकांस नेपाली बाटैमा लुटिने गरेका धनगढी का कपिल बोहराले बताए दशैमा नेपालीले पैसा बोकेर आउछन् भन्ने थाहा पाएकाहरुले नेपालीलाई निशाना बनाउने गरेको उनले बताए दशैमा घर आउने नेपालीलाई ठाउँ ठाउमा  निसाना बनाइएको हुन्छ, उनले भने, ‘बस भित्रै पनि धेरैलाई लुटिन्छ, केही नेपाली आफ्नै लापरवाहीका कारण पनि लुटपाटमा पर्ने गरेका छन्

धेरै नेपालीहरु भारतबाट आउँदा सावधानी नै नअपनाएर आउने गरेका उनले बताए एक्लै हिड्ने, बाटोमै मदिरा सेवन गर्ने गरेका कारण धेरै नेपाली लुटिने गरेको उनले बताए त्रिनगर प्रहरी चौकी धनगढीका अनुसार पछिल्लो समय नेपाल आउने मध्य लुटपाट भयो भन्दै गुनासो गर्नेको संख्या बढ्न थालेको

 त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रमेश शाहीका अनुसार भारतमा लुटपाट भयो भन्दै धेरै नेपालीले गुनासो गर्ने गरेका छन्  भारतमा लुटिएकाको गुनासो आए पनि आफुहरुले केही गर्न नसक्ने अवस्था रहेको उनले बताए