धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थप १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिममा आज थप १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशीक अस्पताल प्रयोगशालामा गरि आज १ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।

  मन्त्रालयका अनुसार त्रिभुवन शिक्षण अस्पतालमा बाजुराका २९ महिला र ३४ पुरुष , डडेल्धुराका एक र दार्चुलाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

   यसैगरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा बाजुराका ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस अघि सेती प्रादेशिक अस्पतालले त्रिज्ञप्ती प्रकाशीत गरि सुदूरपश्चिममा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।