धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बिहान र राति भारतबाट सीमामा आइपुग्नेहरुको कोरोना परिक्षण हुदैन

बिहान र राति भारतबाट सीमामा आइपुग्नेहरुको कोरोना परिक्षण हुदैन

धनगढी कैलालीसंग सीमाना जोडिएको गौरिफण्टा नाकाबाट विहान राती आउने नेपाली कोरोना परिक्षण विना नै नेपाल आउने गरेका छन् गौरिफण्टा नाका हुँदै विहान बजेदेखि राति १० बजेसम्म भारतबाट मानिस नेपाल आउने गर्दछन् तर सीमामा स्थापना गरिएको स्वास्थ्य परिक्षाण केन्द्रमा भने बिहान देखि बेलुका बजेसम्म मात्रै कोरोना परिक्षण हुँदै आएको जसका कारण बिहान  बजे अघि आउने नागरिक वेलुका बजेपछि गौरिफण्टा नाका हुँदै नोपल भित्रिने नागरिक कोरोना परिक्षण विना नै नेपाल भित्रिने गर्दछन्

स्वास्थ्य परिक्षण केन्द्र विहान बजेदेखि साझा बजे सम्म मात्रै सञ्चालन हुँदै आएको , रिक्सा व्यवसायी धिरज शर्माले भने, ‘तर भारतबाट सीमा नाका हुँदै मानिसहरु बिहान बजे देखि राति १० बजेसम्म नेपाल भित्रिने गर्दछन्, बिहान राती आएका हरुको स्वाथ्य परिक्षण नै हुँदैन

उनले बिहान रातीको समयमा आउने नेपालीहरु स्वास्थ्य परिक्षण विना नै घर जाने गरेको बताए गौरिफण्टा नाकामा दिल्लीबाट दिउँसो आउने सवारी राती १० बजे सम्म पुग्ने गरेको उनले बताए

 यसैगरी दिल्लीबाट वेलुका आउने सार्वजनिक बस बिहान बजे अघि नै गौरिफण्टा नाकामा पुग्ने गरेको उनले बताए

गौरिफण्टा नाकामा कैलालीको धनगढी उपमहानगरपालिका कञ्चनपुरको पुनर्वास नगरपालिकाको सहकार्यमा गौरिफण्टा नाका हुँदै नेपाल आउने नागरिकको एन्टिजेन विधिबाट कोरोना परिक्षाण गर्ने गरिएको एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ भएकाहरुलाई धनगढी१५  वेलीमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा राख्ने गरिएको रिपोर्ट नेगेटिभ आएकाहरु भने सोझै घर जाने गरेका छन्

गौरिफण्टा नाका स्वास्थय परिक्षण केन्द्रका संयोजक दिनेश ठकुल्लाले भने विहान रातिको समयमा सीमामा आउने नागरिक स्थानीय बजारका भएको बताए उनीहरु नजिकैको बजार बाट विहान वेलुका हिड्ने गर्दछन्, उनले भने, ‘त्यसताको परिक्षण गर्ने गरिएको छैन, लामो दुरीबाट आएका हरु बिहान बजेदेखि बेलुका बजेसम्म सीमामा प्रवेस गरिसक्छन्