धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

गौरिफण्टा नाकामा कुकुरको निग्रानी

गौरिफण्टा नाकामा कुकुरको निग्रानी

धनगढी । दशै नजीकिदै जाँदा सीमा क्षेत्रमा मानिसहरुको भिडभाड बढेपछि प्रहरीले निग्रानीकालागि तालिम प्राप्त कुकुर परिचालन गरेको छ । दशै नजिकिदै जाँदा सीमा क्षेत्रमा ओहोर दोहोर गर्ने मानिसको भिडभाड बढी हुँदा बिष्फोटक वस्तु र आगु औषध भित्रिन सक्ने प्रहरीको आसंका छ ।

भिडभाडमा चेकजाँच फितलो हुने र त्यही मौका छोपि प्रतिबन्धित सामाग्री भित्रिन सक्ने हुँदा त्यसलाई रोक्न कुकुर पपरिचालन गरिएको प्रहरीले जनाएको छ । भिडभाडको मौका छोपि गलत नियत भएका व्यक्तिहरु गलत काम गर्न सक्रिय हुन सक्ने आँकलन गरेर कुकुर परिचालन गरिएको हो, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्ष प्रतिक विष्टले भने,‘यसले लागु औषध जस्ता प्रतिबन्धित सामाग्री ओसार्न बाट रोक्न मद्धत पुग्ने छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयनमा प्रदेश प्रहरी कार्यालयको प्राविधिक टालेलीले तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले बताए । दसैँ तिहारका लागि भारतबाट घर फर्किने नेपालीले बोकेर ल्याएको सामान चेकजाँच र विष्पोटक पदार्थ तथा लागुऔषध नेपाल भित्रिन कुकरले निग्रानी गर्ने छ ।