धनगढी पोष्ट
मङ्गलबार, १९ असोज २०७८ मा प्रकाशित
धनगढी । चट्याङ लागेर बैतडीमा १ जनाको मृत्यु हुनका साथै ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहार रहेको प्रहरीले जनाएको छ ।
अन्य घाईते हुनेहरुमा सोही ठाउँमा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनीहरु तीनै जनाको घाइतेहरुको अबस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।