धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा ५ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा ५ जनामा कोरोना पुष्टि

धनगढी । धनगढी स्थित सेतीको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ६४ जनाको स्वाव परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । सूचना अधिकारी श्रेष्ठका अनुसार मंगबार सम्म अस्पताल ८ जना कोरोना संक्रिमितको उपचार भइरहेको छ । ती मध्य ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटर कक्षमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।