धनगढी पोष्ट
मङ्गलबार, १९ असोज २०७८ मा प्रकाशित
धनगढी । नेपाली काँग्रेस बाजुरामा भएको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिललाका कुल एक हजार २ सय १२ मतदाता मध्य एक हजार २ सय ४ जनाले मतदान गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी सन्तोष भण्डारीका अनुसार आज (मंगलबार) राती देखी मत गणना सुरु गरिने छ ।
नेपाली कांग्रस बाजुराको नयाँ नेतृत्वका लागि त्री पक्ष्यीय प्रतिष्पर्धा भएको छ । प्रतिष्पर्धामा कांग्रेस सभापति शेरबहादुर देउवा प्यानल बाटै दुईजनाले उम्मेदारी दिएका छन् भने एक जनाले रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिएका छन् ।
देउवा प्यानलबाट उम्मेदवारी दिने नेताहरुमा वर्तमान सभापति कविराज पण्डित र चक्र शाह तथा पौडेल समुहबाट रामसिंह रावलले उम्मेदवारी दिएका छन् ।