धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

बाजुरामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

बाजुरामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

नेपाली कांग्रेसका कार्यकर्ता प्रहरीबीच मंगलबार साँझ बाजुरा सदरमुकाम मार्तडीमा झडप भएको

नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतदान सकिएपछि जिल्ला समन्वय समितिस्थित मतगणनास्थलमा कांग्रेस कार्यकर्ता छिर्न खोजेपछि झडप भएको हो

मतगणनास्थलमा पस्न खोजेका कांग्रेस कार्यकर्ताहरूलाई रोक्न खोज्दा सशस्त्र प्रहरी नेपाल प्रहरीको टोलीसँग झडप भएको हो

जिल्ला  निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजीत महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए

झडपका क्रममा वीरेन्द्र गिरी सहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको

सुरक्षाका लागि तैनाथ दुवै प्रहरी टोलीसँग कांग्रेस कार्यकर्ताको हानाहान हुँदा कांग्रेसका पनि ११ जना बढी कार्यकर्ता घाइते भएका छन्

जिल्ला समन्वय समितिको कार्यालयस्थित मतगणनास्थलको झडपले मार्तडी बजार तनावग्रस्त भएको प्रहरीले मतगणनास्थलभित्र छिर्न नदिएपछि आक्रोशित कांग्रेस कार्यकर्ता झडपमा उत्रिँदा तनाव भएको हो।

कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरामा मंगलबार जिल्ला अधिवेशनका क्रममा मतदान भएको थियो।

मतदान सकिएपछि मंगलबारै राति ११ बजेबाट मतगणना गर्ने तयारी थियो   तर झडपपछि मतगणना अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए

कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार शय मत खसेको