धनगढी पोष्ट
बिहिबार, २१ असोज २०७८ मा प्रकाशित
बाजुरा नेपाली काँग्रेस बाजुराका सभापछितका उम्मेदवार कबिराज पण्डित ३ शय ६९ मतले नेतृत्व गदैछन् । ९ शय २ मत गणना भैसक्दासम्म पण्डितले प्राप्त गरेको मत उनका निकटतम प्रतिद्धन्दी रामसिंह रावलको भन्दा २ मतले मात्र अगाडी हो । सभापतिका उम्मेदवार रावलले ३ शय ६८ मत प्राप्त गरेका छन् ।
बिहीवार बिहानसम्मको मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्यासी चक्र शाहले १ शय २ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उप सभापतिमा नारायण पाध्यायले ५ सय ६६, पदम बडुवालले ५ सय ६८ र शेर बहादुर खातीले ३ सय १३ मत प्राप्त गरेका छन् ।
सचिवमा तिलकराज पुरीले ४ सय १६, भरत बहादुर रोकायाले ४ सय १, रनसिहं अएडीले ३ सय १८, राजेन्द्र शाह बिपिले ९० र शिब बोहराले ३ सय २१ मत प्राप्त गरेका छन् । सह सचिवमा कृष्णराज पाध्यायले ३ सय ५८, धन बहादुर रावतले १ सय २८, नन्द बहादुर थापाले ६७, प्रकाश रावलले २ सय ८१, मिन बहादुर भण्डारीले २ सय ४४, मोहनसिं कार्कीले १ सय ७८ र सुरेन्द्र बहादुर सिहंले २ सय ६० मत प्राप्त गरेका छन् ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको छ ।