धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

नेपाली काँग्रेस बाजुरा अधिवेसन : सभापतीमा पुन मतदान हुँदै

​​​​​​​सभापतिका तीन वटै उममेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

नेपाली काँग्रेस बाजुरा अधिवेसन : सभापतीमा पुन मतदान हुँदै

धनगढी । नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत बाजुरामा सम्पन्न मत गणनामा कुनै पनि उम्मेदवार वीजयी नभएपछि सभापतिका लागि पुनः मतदान हुन भएको छ ।

यस अघि मंगलबार सम्पन्न मतदानमा सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । तर कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेका कारण सभापतिका लागि पुनः मतदान हुन लागेको हो । मंगलबार सम्पन्न मतदानको अन्तीम नतिजा प्रकाशन हुँदा सभापतिका उम्मेद्धार कबिराज पण्डितले ४ सय ८९ मत ल्याएका थिए । उनका प्रतिदोन्दी रामसिं रावलले ४ सय ७४ मत ल्याउँदा सभापतिमा स्वतन्त्र उम्मेद्वारी दिएका चक्र शाहले १ सय ५२ मत ल्याएका थिए ।

नेपाली कांग्रेसको विधान हनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा बढी मत ल्याउने पहिलो र दोश्रो उम्मेदवार विच पुनः मतदान गराइ नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ । सोही अनुसार पहिलो बढी मत ल्याउने सभापतिका उम्मेदवार कबिराज पण्डित र दोश्रो बढी मत ल्याउने रामसिंह रावल विच प्रतिष्पर्धा हुने भएको छ । बाजुराको नेपाली काँग्रेसका १ हजार २ सय १२ मतदाता मध्य १ हजार २ सय ५ मतदाताले मतदाताले चुनावमा भोट हालेका थिए ।

सभापतीका दुइ जना पहिलो हुने पण्डित र दोस्रो हुने रावल बिच पुन मतदान हुनेछ साभापतीका कुनै पनि उम्मेद्धारले ५१ प्रतिशत मत नल्याएकोमा फेरी मतदान हुने निर्बाचन समितिले जनाएको छ । जम्मा खसेको मतको ५१ प्रतिशत भनेको ६ सय १५ मत ल्याउनु पर्नेमा कसैको नआएकोले पुन मतदान हुने निर्बाचन समितिले जनाएको छ ।

निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम रहेको थियो भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको थियो । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको रहेको थियो । सभापतिका लागि आजै निर्वाचन गर्ने तयारी भइरहेको जनाइएको छ । क्षेत्रिय प्रतिनिधिको मत गणना सकेर सभापतिका लागि पुनः मत गणना गर्ने तयारी भइरहेको मतदान अिधकृतले जनाएका छन् ।

जिल्ला कमिटि निर्वाचन अन्तरगत  मंगलबार सम्पन्न निर्वाचनले अन्य पदाधिकारीको भने टुङ्गो लगाएको छ । जस अन्तरगत मप सभापतीमा नारायण पाध्याय ७ सय ४८ र पदम बडुवाल ७ सय ५६ मत ल्यायर बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी शेर बहादुर खातीको ४ सय ३२ मत प्राप्त गरी पराजित भएका छन । नारायण पाध्याय तीन ओटै टिममा साझा उम्मेदवार रहेका थिए ।

यसैगरी सचिवमा तिलकराज पुरीको ५ सय ६५ भरत बहादुर रोकाया ५ सय १४ मत गरी बिजयी भएका छन । उनका प्रतिद्धन्दी रनसिहं अएडी ४ सय ४२ शिब बोहराले ४ सय १५ मत र राजेन्द्र शाह बिपीले १ सय २७ मत प्राप्त गरी पराजित भएका छन ।

सह सचिवमा कृष्णराज पाध्याय ४ सय ६६ र सुरेन्द्र बहादुर सिहंले ३ सय ८० मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिदन्दी धन बहादुर रावत १ सय ६६ नन्द बहादुर रावत ९१ प्रकाश रावल ३ सय ६४, मिन बहादुर भण्डारीको ३ सय १५ र मोहनसिं कार्की २ सय ३३ मत ल्याएर पराजित भएका छन । यसैगरी सदस्यमा बडिमालिका नगरपालिकाबाट कृष्णराज उपाध्याय ४ सय १ र धनलाल पाध्याय ३ सय २७ मत ल्याएर बिजयी भएका छन । बुढिगंगा नगरपालिकाबाट महिला सदस्य सुर्जादबी रावल ३ सय १ पुरुष सदस्यमा प्रेम थापा ३ सय ४५ बलबहादुर थापा २ सय ८९ मत ल्याएर बिजयी भएका छन ।

त्यस्तै त्रिबेणी नगरपालिकामा सदस्यमा करिस्मा ऐडी ३ सय ५३, राजेन्द्र खत्री ३ सय ३९ र जुद्ध बहादुर ऐडीले ३ सय २६ मत ल्याएर बिजयी भएका छन । खप्तड छेडेदह गाउँपालिकामा धर्मा बुढाको ३ सय २८, कुम्भनाथ योगी ३ सय १४ मत ल्याएर बिजयी भएका छन ।

स्वामिकार्तिक गाउँपालिकामा अप्सरा शाहीले २ सय ४७ र हिक्मत बहादुर बुढाले २ सय ६ मत ल्याएर बिजयी भएका छन ।

यसै गरी खस आर्य खुला सदस्यहरुमा अन्तिम बहादुर शाही ४ सय ३३, अशोक बहादुर दानी ५ सय ४३, कपुर अधिकारी ३ सय ७ जयन्द्र शाह ३ सय ५, देब बहादुर रोकाया ५ सय १३ मोहोन बहादुर भाट ३ सय ५५ मत ल्याएर बिजयी भएका छन ।

दलित जनजाती समुहबाट तनी थापा भोटेको ३ सय ८४, दलित सदस्य साईमल ल्वार ४ सय ७८ र बिरभान ल्वार ३ सय ९९ र अपाङग अल्पसंख्यबाट कृष्ण कुमार गिरीले ४ सय १७ मत ल्याएर बिजयी भएका छन ।

नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको थिए ।