धनगढी पोष्ट
बिहिबार, २१ असोज २०७८ मा प्रकाशित
धनगढी । मदिरा व्यवसायी संघ सुदुरपश्चिम समितिले कोरोनाका कारण मृत्यु भएका संघका सचिव नारायण लम्सालको सम्झनामा मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न सहयोग गरेको छ ।
संघद्धारा आज (बिहीवार) आयोजित दशैको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले मानव सवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष अशोक पाण्डेयले आफुले चिनेदेखि नै लम्साल व्यवसायिक मात्र नभएर सामाजिक, खेलकुद क्षेत्रमा समेत उल्लेख्य योगदान पुरयाएको बताए । मदिरा व्यवसायी संघलाई अघि बढाउन लम्सालको भुमिका अबिस्मरणीय रहेको उल्लेख गर्दै पाण्डेयले लम्सालको सम्झनामा नै मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग पुरयाइएको बताए ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले सामाजिक सहयोगी भावनका लम्साललाई कोरोना संक्रमण भएपछि जति प्रयास गर पनि बचाउन नसकिएको बताए । लम्सालले कैलाली उद्योग वाणिज्यल संघमा रहेर व्यवसायिक हकहितका पक्षमा राम्रो भुमिका निर्वाह गरेको अध्यक्ष कुवरले बताए ।
मदिरा व्यवसायी संघकी केन्द्रिय सदस्य सीता भट्टराईले लम्सालको व्यावसायिकता र सामाजिक भावनाको जति प्रशंशा गरे पनि अपुग हुने बताइन् ।
संघले आज (बिहीवार ) नै दशै तिहारछठको शुभकामना आदान प्रदान तथा खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरेको हो । संघका प्रदेश अध्यक्ष अशोकराज पाण्डेयको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन मीन कुवरले गरेका थिए ।