धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025
बाजुरा कांग्रेस अधिवेसन :

सभापतिका लागि दोस्रो चरणमा मतदान सुरु, चक्र शाहको रामसिंह रावललाई समर्थन

सभापतिका लागि दोस्रो चरणमा मतदान सुरु, चक्र शाहको रामसिंह रावललाई समर्थन

धनगढी । नेपाली कांग्रेस बाजुरा जिल्ला सभापतिका लागि दोश्रो चरणको मतदान सुरु भएको छ ।

नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा सभापतिका लागि तीन जना विच प्रतिष्पर्धा भएपनि बहुमत प्राप्त गर्न उम्मेदवार असफल भएपछि पुनः मतदान सुरु भएको हो । यस अघि मंगलबार जिल्ला सभापतिका लागि कविराज पण्डित, चक्र शाह र राम सिंह रावल विच प्रतिष्पर्धा भएको थियो ।

जिल्ला सभापतिका लागि निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापतीका उम्मेद्धार रहेका छन । यसै गरी पौडेल सिटौला पक्षबाट रामसिंह रावल उम्मेद्धार रहेका छन । यस अघि स्वतन्त्र समुह बनाएर उम्मेदवारी दिएका चक्र शाहले भने रामसिंह रावललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

यस अघि मंगलबार सम्पन्न मतदानमा सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । तर कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेका कारण सभापतिका लागि पुनः मतदान हुन लागेको हो । मंगलबार सम्पन्न मतदानको अन्तीम नतिजा प्रकाशन हुँदा सभापतिका उम्मेद्धार कबिराज पण्डितले ४ सय ८९ मत ल्याएका थिए । उनका प्रतिदोन्दी रामसिं रावलले ४ सय ७४ मत ल्याउँदा सभापतिमा स्वतन्त्र उम्मेद्वारी दिएका चक्र शाहले १ सय ५२ मत ल्याएका थिए ।

नेपाली कांग्रेसको विधान अनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा बढी मत ल्याउने पहिलो र दोश्रो उम्मेदवार विच पुनः मतदान गराइ नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ । सोही अनुसार पहिलो बढी मत ल्याउने सभापतिका उम्मेदवार कबिराज पण्डित र दोश्रो बढी मत ल्याउने रामसिंह रावल विच प्रतिष्पर्धा हुने भएको छ । बाजुराको नेपाली काँग्रेसका १ हजार २ सय १२ मतदाता मध्य पहिलो चरणमा १ हजार २ सय ५ मतदाताले भोट हालेका थिए ।

सभापतीका दुइ जना पहिलो हुने पण्डित र दोस्रो हुने रावल बिच पुन मतदान हुनेछ साभापतीका कुनै पनि उम्मेद्धारले ५१ प्रतिशत मत नल्याएकोमा फेरी मतदान हुने निर्बाचन समितिले जनाएको छ । जम्मा खसेको मतको ५१ प्रतिशत भनेको ६ सय १५ मत ल्याउनु पर्नेमा कसैको नआएकोले पुन मतदान हुने निर्बाचन समितिले जनाएको छ ।