धनगढी पोष्ट
शुक्रबार, २२ असोज २०७८ मा प्रकाशित
बाजुरा । नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । निवर्तमान सभापति कबिरज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल सभापतिमा बिजयी भएका हुन् ।
दोश्रा पटक भएको मतदानमा रावल ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएको निर्वाचन समिति बाजुराले जनाएको छ । पण्डितले ५ सय ६६ म पाएका छन् ।
सभापतिका उम्मेदवार चक्र शाहले दोश्रो चरणको मतदानमा रावललाई सघाएका थिए । पहिलो चरणमा १ सय ५२ मत ल््याएका शाहले दोस्रो चरणको चुनावमा रावललाई सहयोग गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।
दोस्रो चरणको भएको मतदानमा ११ सय ८२ मत खसेका थिए । पहिलो चरणको मतदानमा कसैले पनि बहुमत नपाएपछि बढी मत पाउने रावल र पण्डितबीच मतदान भएको थियो । पहिलो चरणमा कबिराज पण्डित, रामसिहं रावल र चक्र शाह बिच प्रतिश्पर्धा भएको थियो ।