धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

प्रेम आले शहरी विकास मन्त्री बन्दै

प्रेम आले शहरी विकास मन्त्री बन्दै

धनगढी । नेकपा एकिकृत समाजबादी पार्टीका सांसद प्रदेश आलेमगर शहरी विकास मन्त्री बन्ने भएका छन् । यस अघि आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनाउने तयारी गरिएको भएपनि शुक्रबार जिम्मेवारी हेरफेर गरिएको हो । एकीकृत समाजवादीबाट बिरोध खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ किसान मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो । आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको जनाइएको छ ।