धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमबाट प्रेम आले पर्यटन र दिलेन्द्र बडु कानुनमन्त्रीमा नियुक्त

सुदूरपश्चिमबाट प्रेम आले पर्यटन र दिलेन्द्र बडु  कानुनमन्त्रीमा नियुक्त

धनगढीः प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्री परिषद विस्तार गर्दा सुदूरपश्चिमबाट दुई जना मन्त्री बनेका छन् । आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बडुलाई कानून न्याय तथा संसदिय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आले नेकपा एकिकृत समाजबादी पार्टीका सांसद हुन् भने बडु नेपाली कांग्रेसका सांसद हुन् ।

यस अघि मन्त्रालयको जिममेवारी हेरफेर गर्दै आलेलाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी दिने भन्ने खबर आएपनि अन्ततः आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय पाएका छन् । सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुलाई शुक्रबार साँझ शपथ गराइने तयारी गरिएको छ ।