धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

कजारियाको टायल स्टुडियो सञ्चालन

कजारियाको टायल स्टुडियो सञ्चालन

धनगढी । विगत १२ बर्ष देखी धनगढीबाट कजारिया टायलको विक्रि वितरण गर्दै आएको राठी इन्टरप्राइजेजले ग्राहकलाई थप सहज बनाउने उद्देश्य सहित कजारिया स्टुडियो सञ्चालनमा ल्याएको छ ।

ग्राहकले आफुले कस्तो सामाग्री कसरी प्रयोग गर्ने भन्ने सहजै अनुमान गर्न सहयोग पु¥याउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको जनाइएको छ ।

घरमा कस्तो टायल कसरी प्रयोग गर्ने भन्ने कन्सेप्ट बनाएका ग्राहकलाई त्यस अनुसारको डिजाई मिलाउन समस्या हुनेगरेको पाइएपछि त्यो समस्या दुर गर्न स्टुडियो सञ्चालनमा ल्याइएको राठी इन्टरप्राइजेजका सञ्चालक शुरेन्द्र राठीले बताए । दुविधामा परेका ग्राहकलाई स्टुडियो हेरेपछि आफेले चासेजस्तै टायल र सजावट बनाउन सहज हुने छ, सञ्चालक राठीले भने,‘ग्राहकलाई सहज हुँदा हामीलाई पनि सामाग्री उपलब्ध गराउन सजिलो हुने छ ।

स्टुडियो हेरेपछि ग्राहकलाई कस्तो समाग्री कसरी प्रयोग गर्ने भन्ने प्रष्ट हुँदा पटकपटक सामाग्री परिवर्तन गर्नुपर्ने समस्या समाधान हुने उनले बताए ।

उनले पछिल्लो समय सुदूरपश्चिममा टायलको माग बढ्दै जाँदा स्टुडियोको आवश्यकता झनै बढेको बताए । यस क्षेत्रमा सुरुवाति चरणमा १२ वाई १८ साईजका टायल बिक्रि हुने गरेकोमा पछिल्लो समय १२ वाई २४, २ बाई ४, ३२ बाई ६४, साईजका टायलको समेत माग हुँदै आएको उनले बताए । राठी  इन्टरप्राइजेजले विगत ४१ बर्ष देखी निर्माण सामाग्री विक्रि वितरण गर्दै आएको छ ।