धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

महाकाली अस्पतालमा सुत्केरीको मृत्यु

महाकाली अस्पतालमा सुत्केरीको मृत्यु

धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका९ की २४ वर्षीय भागरथी साउँद धामीको अस्पतालमै मृत्यु भएको हो । बच्चा जन्माइसकेपछि साल नआएको उच्च रत्तचाप भएर सुत्केरी महिलाको मृत्यु भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताए ।

उनका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरीको मृत्यु भएको हो । बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको डा. श्रेष्ठले बताए । महिलाको मृत्यु भएपछि मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको हेरचाह र घटनाको छानविन गर्न धामीका श्रीमान महेन्द्र धामीले आग्रह गरेका छन् । अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ । महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।