धनगढी पोष्ट
शनिबार, २३ असोज २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस बझाङ सभापतिमा खडक बोहरा वीजयी भएका छन् । उनले प्रतिदोन्दी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा वीजय हाँशिल गरेका हुन् । बोहरा ८ सय ७७ मत ल्याएर सभापतिमा वीजयी हुँदा उनका प्रतिदोन्दी रमेश भण्डारी ५ सय ८ मत ल्याएर पराजित भएका छन् ।
यसैगरी उपसभापति बर्क रोकाया ६ सय ५७, मान बहादुर कठायत ६ सय ३८ मत ल्याएर वीजयी भएका छन् । यसै गरी सचिवमा ८ सय २७ मत ल्याउँदै उत्तम रोकाया विजयी भएका छन् भने झलक कठायत ७ सय ४२ मत ल्याएर वीजयी भएका छन् ।
नयाँ कार्य समितिको सह सचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी वीजयी भएका छन् । सह सचिव दलित तर्फ सुनिल दमाई र मङल सुनार वीजयी हुँदा पुरुष खसआर्य तर्फ अभिषेक सिह वीजयी भएका छन् ।