धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सुदूरपश्चिममा सरकारको नेतृत्व परिवर्तन गरिनुपर्ने माग राख्दै कांग्रेस नेता बालुवाटारमा

सुदूरपश्चिममा सरकारको नेतृत्व परिवर्तन गरिनुपर्ने माग राख्दै कांग्रेस नेता बालुवाटारमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गरिनुपर्ने माग राख्दै कांग्रस नेता बालुवाटा पुगेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार पुगेका हुन् । प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी  छाडेपछि अब सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने रावलले प्रधानमन्त्री देउवासँग माग गरेका छन् ।

यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो । तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।