धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दशै मनाउन धनगढी छोड्नेको भीड

दशै मनाउन धनगढी छोड्नेको भीड

धनगढी । हिन्दुहरुको महान पर्व वीजया दमशी मनाउन पुख्र्यौली स्थानमा जानेहरुको धनगढी बषपार्कमा भीड लागेको छ ।

गौरिफण्टा नाका हुँदै धनगढी पुगेका नागरिक आआफ्नो स्थानमा जान बसपार्क पुग्दा भीड बढेको देखिन्छ । यसका आसथै कामको शिलसिलामा धनगढीमा बस्दै आएका नेपाली पनि आआफ्नो पुख्र्यौलीघर जान थालेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालउ अत्तरियाका अनुसार शुक्रबार देखी धनगढी छोडेर जाने यात्रुको संख्या बढेको छ । सामान्य अवस्थामा दैनिक दुई हजार मानिसको आयहोर दोहोर हुने गरेकोमा शुक्रबार देखी दैशिक ५ हजार बढी नागरि कैलाली कञ्चनपुरबाट बाहिरिन थालेका छन् ।

यसैविच यात्रुलाई सहज बनाउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार नौँ जिल्लाका दुई दर्जन बढी स्थानमा यात्रु सहायत कक्ष स्थापना गरिएको हो ।

सहायता कक्षमा यात्रुलाई परेका समस्या समाधान गरिनेछ । यस्तै यस वर्ष दसैँ तिहारमा सार्वजनिक यातायातमा आवागमन गर्दा सास्ती नहुने दाबी गरिएको छ । यातायात प्रालिहरुले यस वर्ष विगतको जस्तो भिड पनि नदेखिएको बताउँदै यात्रा सहज र सुरक्षित बनाउने दाबी गरेका हुन् ।