धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

कालापानी क्षेत्रमा जनगणना गर्न माग

कालापानी क्षेत्रमा जनगणना गर्न माग

धनगढी । नेपालले आफ्नो नक्सामा समावेस गरेको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेख र लिम्पिया धुराका नागरिकको जनगणना गर्न माग गरिएको छ । सरकारले नेपालको नक्सामा कालापानी क्षेत्रलाई समावेस गरेपनि सो क्षेत्रमा जनगणना गर्ने कार्यक्रम ल्याएको छैन । हाल कालापानी क्षत्र विवादित रहेको भन्दै सरकारले सो क्षेत्रमा जनगणना नगरिने जनाएको छ । दार्चुलाको व्यास गाउँपालिकामा पर्ने व्याँस गाउँपालिका१ मा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले दार्चुलाले जिल्ला प्रशासन कार्यालय मार्फत माग गरेको हो ।

अनेरास्ववियुले नेपाल सरकारले राष्ट्रिय जनगणना २०७८ मा भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, नाबिडाङ, तिलसी (कालापानी) गुन्जी, नाबी, कुटी, जोलिङकाङ लिम्पियाधुरा समावेश गरी जनगणना गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको हो ।

जनगणना गर्ने कार्य सकिनै लागेको अवस्थामा पनि सरकारले नेपालको संशोधित नक्सा अनुसार दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने भारतले अतिक्रमण गरेको नेपाली भूमीको जनगणना बारे कुनैपनि पहलकदमी नदेखाएको भन्दै अनेरास्ववियुले प्रमुख जिलला अधिकारीको ध्यानाकर्षण समे गराएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष भुवन जोशीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।