धनगढी पोष्ट
आइतबार, २४ असोज २०७८ मा प्रकाशित
धनगढी । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा धनगढी अन्तरक्रिया कार्यक्रम सञ्चानल गरिएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कि, प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बम, डाक्टर गणेश खड्का, स्वास्थ्य कार्यालयका कर्मचारी, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कैलाली जिल्ला स्थित स्थनीय तहाका स्वास्थ्य संयोजक महिला स्वास्थ्य स्यमसेविका लगाएत गैरसरकारी संघसंस्थाका पदाधिकारी र पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालक प्रमुख लाल बहादुर धामीले मानसिक स्वास्थ्यको अवस्थ बारे प्रस्तुतीकरण गरेका थिए, भने मानसिक रोग विशेषज्ञ डाक्टर गणेश खड्कालेपनि कार्यपत्र प्रस्तुत गरेको थियो ।
कार्यक्रममा टि पि ओ संस्थाकी कमला बुढाथोकी, कोशिश नेपालका दिवाकरले मन्तव्यसहित प्रस्तुतिकरण गरेका थिए । कार्यक्रम संचालन स्वास्थ्य कार्यालय हेल्थ असिस्टेन्ट मिन बहादुर धामिले गरेका थिए ।