धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

जन्ति बोकेको जीप दुर्घटना हुदा ४ जनाको मृत्यु, १४ जना घाइते

जन्ति बोकेको जीप दुर्घटना हुदा ४ जनाको मृत्यु, १४ जना घाइते

धनगढी । अछाममा जन्ती बोकेको जीप दुर्घटना हसँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १४ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी, सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

दुर्घटनामा घाइते मध्य भएका १४ जनाको पहिचान खुलेको छ । घाइते मध्य पञ्चदेवल विनायक नगरपालिका२ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन् ।

यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएका छन् ।

ती मध्य भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन् । अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।