धनगढी पोष्ट
सोमबार, २५ असोज २०७८ मा प्रकाशित
धनगढी । कैलालीको टिकापुर स्थित प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ ।
भौसि चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका वडा नम्बर–३ वेतान बस्ने ३५ बर्षिय धनबहादुर रानाको हिरासत भित्रै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले हिराशत भित्र रहेको शौचालयमा झण्डिएर मृत अवस्थामा फेला परेको बताए । शौचालयको भेण्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।
मृतक रावललाई कैलालीको जानकरी गाउँपालिका–१ का पुलराम थारुको भैंसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।