धनगढी पोष्ट
सोमबार, २५ असोज २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिको कोरोना परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ, भने १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाकी ८० बर्षिया महिला रहेकी छन् ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सोमबार ६९ जनाको स्वाव परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।