धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

लम्कीका १ सय ९९ परिवारलाई दशैको कोसेली

लम्कीका १ सय ९९ परिवारलाई दशैको कोसेली

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर३ का १ सय ९९ परिवारलाई दशै कोसेली स्वरुप खाद्यान्न, तरकारीको वीउँ र कम्पोष्ट मल वितरण गरिएको छ ।

युएन ओम्यानको आर्थिक सहयोग तथा फेडो कैलालीको आयोजनामा सञ्चालन भएको रहात वितरणमा कैलालीको  लम्कीचुहा नगरपालिका३ स्थित बादी बस्तीका १ सय ८६ तथा वडा नम्बर३ कै व्यवस्थित नगरका १३ घर परिवारलाई समावेस गरिएको दलित महिला संघ (फेडो) का सुदूरपश्चिम प्रदेश संयोजक तारक टमाटाले बताए ।

उनका अनुसार बादी वस्तीका १ सय ८६ परिवारलाई दशै कोसेली स्वरुप प्रति परिवार २५ किलो चामल, २ किलो नुन, २ किलो दाल, २ लिटर तेल, तरकारी (मुला, तितेकरेला, खुर्सानी र भान्टा) को वीउँ र ४÷४ किलो कम्पोष्ट मल वितरण गरिएको छ ।

यसैगरी सोही वडाको व्यवस्थित नगरका १३ घर धुरीलाई २५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, २ केजी नुन वितरण गरिएको प्रदेश संयोजक टमाटाले बताए ।

फेडो कैलालीकी सदस्य रमाबादीको अध्यक्षतामा वितरण गरिएको दशै कोसेली राहत सामाग्री वडा नम्बर३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका बारेमा फेडोका प्रदेश संयोजक तारक टमाटाले जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन फेडो कैलालीकी सचिव अम्बिका ताम्राकारले गरिन् ।