धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुख्खा पहिरो खस्दा बाजुरामा कर्णाली थुनीयो

सुख्खा पहिरो खस्दा बाजुरामा कर्णाली थुनीयो

धनगढी । बाजुरा खसेको सुख्खा पहिरोका कारण कर्णाली नदी थुनीएको छ । । पटकपटक खस्दै आएको पहिरो पछि नदीमा ढुंगा जम्मा भएर नदी थुनिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्वामिकात्तिक गाउँपालिका१ मा सुक्खा पहिरो खसेर नदी थुनीएको हो । नदी थुनिएर एक किलोमिटर ड्याम बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनदीप महराले बताए ।

नदी थुनीएर एक किलोमिटर जति ड्याम बनेको छ, उनले भने,‘ पहिरो खस्ने क्रम अझै जारी रहेका कारण नदी थप थुनिने खतरा रहेको छ । बिहान सम्म पूर्णरुपमा थुनीएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको उनले बताए ।