धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दशै सम्म सवारीमा क्यु फ्रि

दशै सम्म सवारीमा क्यु फ्रि

धनगढी । दशैका अवसरका धनगढीबाट सञ्चालन हुने लामो तथा छोटाने दुरीको सवारीमा दशै सम्म क्यू फ्रि प्रणाली लागु गरिएको छ ।

रुट अनुसार सवारी सञ्चालन गर्ने कर्मचारी दशै मनाउन वीदामा बसेपछि यातायात प्रालीले रुट अनुसार सवारी चलाउनु नपर्ने गरी क्यू्र फ्रि प्रणाली लागु गरेका हुन् । क्यु फ्रि पछि सार्वजनिक सवारी साधनले यात्रु बोकेर जुनसुकै रुटमा पनि यात्रा गर्न पाउने छन् ।

क्यू फ्रि दशैका दिन सम्म लागु हुने जनाइएको छ । लामो दुरीमा बुधबार देखीनै क्यू फ्रि प्रणाली लागु भएको छ, भने छोटो दुरीमा बिहीबार देखी सो प्रणाली लागु हुने सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम साप्कोटाले बताए ।

दशैमा यात्रुलाई सहज होस् भन्न क्यु फ्रि प्रणाली लागु गरिएको अध्यक्ष साप्कोटाले बताए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले चाड पर्वमा सवारी दुर्घटना हुन नदिन सवारी सवारी चेकजाँचमा कडाई गरिएको बताए ।

त्यसैगरी यात्रु ठगिनबाट रोक्ने उद्देश्यले सुदूरपयिश्चमका ५६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए ।