धनगढी पोष्ट
बिहिबार, २८ असोज २०७८ मा प्रकाशित
धनगढी । विजया दशमी सुरु हुँदा सुदूरपश्चिमकै राजधानी धनगढी बजारको चहलपहल पातलिएको छ । दिनमा निकै व्यवस्त रहेने धनगढी बजारको चहलपहल दशैका वेला सुस्त छ । धनगढीमा बस्ने अधिकांस मानिस दशैका वेला गाउँ केन्द्रित हुन थालेपछि चहल पहल पातलिएको हो । धनगढीमा बसोवास गर्ने अधिकांस मानिस दशैका वेला गाउँ जानेर आफन्त संग रमाइलो गर्ने गर्दछन् ।
यसैविच धनगढीमा बस्ने घरवाला गाउँ जाँदा चोरी डकैती बढ्ने भन्दै प्रहरीले टोल केन्द्रित सुरक्षा परिचालन गरेको छ । ‘बजार क्षेत्रमा सुरक्षा गस्ति संगै सीसिटिभि क्यामराक सहायताले सुरक्षा निग्रानी गरिएको छ,’ ज्लिला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने,‘दशैमनानउ घरमा ताला लगाएर जाने क्रम बढेपछि अपराध हुन नदिन अहिले टोलटोलमा पनि गस्ति बढाइएको छ ।’