धनगढी पोष्ट
शनिबार, ३० असोज २०७८ मा प्रकाशित
धनगढी । दशैका अवसरमा यातायात लागु गरिएको ‘क्यू फ्रि’ प्रणाली हटेको छ ।
विजया दशमीको अवसरमा यात्रुलाई सहज रुपमा यात्रा गर्न सहजहोस् भन्ने उद्देश्यले सवारीमा ‘क्यू फ्रि’ प्रणाली लागु गरिएको थियो । तर दशै पछि भने नियमित रुपमा रुट अनुसार सवारी सञ्चालन गरिने सुन्दर सुदूरपश्चिम यातायाता प्रालीका अध्यक्ष पदम साप्कोटाले बताए ।
क्यु फ्रिका वेला सार्वजनिक सवारी साधनले यात्रु बोकेर जुनसुकै रुटमा पनि यात्रा गर्न छुट गरिएको थियो । लामो दुरीमा बुधबार देखीनै क्यू फ्रि प्रणाली लागु गरिएको थियो भने, छोटो दुरीमा बिहीबार देखी सो प्रणाली लागु गरिएको थियो ।