धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका७ का ६० वर्षीय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका२ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

सुचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको मा  ६ जनाको आइसियू र ३ जनाको भेन्टिलेटर कक्षमा उपचार भइरहेको जनाएको छ ।