धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

अबिरल बर्षाले कृषि वालीमा क्षेती

अबिरल बर्षाले कृषि वालीमा क्षेती

धनगढी । बंगालको खाडी र मध्य भारतमा उत्पन्न न्यून चापिय वायु र पश्चिमी वायु सक्रिय भएर आइतबार राती देखी भएको अविरल बर्षाका कारण कैलालीमा किसानले ठुलो क्षेति वेहोरेका छन् ।

धेरै ठाउँमा काटेको धान वाली डुवेको छ, भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहन वाली समेत भारी बर्षाका कारण नष्ट भएको किसान बताउँछन् । कैलालीका अधिकांस क्षत्रमा अहिले हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग रोप्ने क्रम चलि रहेको छ । धेरै किसानले आलु, काउली तथा हरियो साग रोपि सकेको अवस्थामा बर्षा हुँदा सवै नष्ट भएको छ ।

४ कठ्ठा जमिनमा आलु गगाएको ४ दिन मात्रै भयो, धनगढी उपमहानगरपालिका३ का मुसेव खानले भने,‘त्यस्तै २÷३ कठ्ठा जमिनमा अरु तरकारी लगाएको थिए, बर्षाका कारण सवै नष्ट भयो । कैलालीको गौरिगंगा नगरपालिका२ का किसान भीम साउँदले पनि बर्षाका कारण हिउँदका लागि लगाएको तरकारी वाली नष्ट भएको बताए । खेतमा लाही छरेको दुई दिन मात्रै भयो, उनले भने,‘आलु पनि लगाएको थिएं, बर्षाले सवै नष्ट गरेको छ ।

यसैगरी बर्षाका कारण काटेको धानवाली समेत नष्ट भएको छ । आइतबारदेखि अविरल रूपमा परिरहेको वर्षातका कारण कञ्चनपुरमा धान भिजेर नष्ट भएको हो । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् ।

खेती भित्र्याउने वेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई बढी मार परेको छ  भने अन्य किसानसमेत मर्कामा परेका छन् । बर्षातका कारण कैलालीमा सयौँ बिघा जमिनको धानखेती भिजेको छ । धानसँगै केरालगायतका अन्य अन्नबालीसमेत नष्ट गरेपछि किसान थप चिन्तित भएका छन् ।

कैलाली संगै जोडिएको कञ्चनपुरको कृष्णपुर नगरपालिका९ राजघाटका स्थानीय राजकुमार चौधरीका अनुसारे खेतमै काटेको अढाई बिगाह जमिनको धान भिजेर नष्ट भएको छ । अव यतिठुलो बर्षा हुन्छ भनेर सोचेका एिनौं उनले भने,‘तर नसोचेकै बर्षा भयो, धान नष्ट हुँदा हामीलाई ठुलो क्षेति भएको छ ।

तटिय क्षेत्रका नगरिकलाई सचेत रहन आग्रह

बंगालको खाडी र मध्य भारतमा उत्पन्न न्यून चापिय वायु तथा पश्चिमी वायु सक्रिय भएर आइतबार राती देखी अबिरल बर्षा भएपछि तरिटय क्षेत्रका नागरिकलाई सतकर्ता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । कैलालीको तराई क्षेत्र संगै पहाडी क्षेत्रमा समेत निरन्तर बर्षा भइरहेका कारण  खोला नालाका पानीको बहाब बढ्न सक्ने भन्दै प्रहरीले सचेत रहन तटिय क्षेत्रका नागरिकलाई सचेत गराएकोहो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।