धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दशै नसकिदै भारत जान थाले नेपाली

दशै नसकिदै भारत जान थाले नेपाली

धनगढी । दशैको रमाइलो सकिन नपाउँदै नेपालीहरु भारत जान थालेका छन् । दशैका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका नेपाली राम्रोसंग दशै मनाउन नपाउँदै भारत फर्कन थालेका हुन् ।

यता बसेर नत काम पाइन्छ, नत कमाउने जमिन नै छ, कैलालीको गोदावरी नगरपालिका११ का शिवशंकर ओडले भने,‘बाल बच्चा र बुबा आमालाई पाल्नु पर्ने दाइत्व ममा छ, उनिहरको खुशीका लागि दशैको रमाइलो बिर्सेर भारत जाँदै छ । असोज २५ गते भारतको नोयडा राज्यबाट दशै मनाउन नेपाल आएको उनले बताए । घर परिवार र आफन्त संग रमाइलो गर्ने इच्छा हुँदा हुँदै सवै बिर्सनु परेको छ, उनले भने,‘आफ्नै देशमा रोजगारी पाएकोभए यसरी फर्कनु पर्ने थिएन होला ।

उनि जस्तै धनगढी उपमहानगरपालिका२ का पदम भट्ट पनि दशै राम्ररी मनाउन नपाउँदै रोजगारीका लागि भारत पसेका छन् । दशै मनाउन असोज २७ गते मात्रै उनि धनगढी पुगेका थिए । तर छुट्टी धेरै नपाइएका कारण राम्ररी दशै मनाउन नपाउँदै भारत फर्कनु परेको उनले बताए ।

दुई बर्ष पछि दशै मनाउन घर आएको हुँ, उनले भने,‘आफन्त र नाता गोताका सवैलाई भेट्ने र टिका थाप्ने इच्छा थियो, छुट्टी कम भएका कारण सवैलाई विर्षेर भारत पस्दैछु । भारतको राजधानी दिल्लीमा उनि होटेल क्षेत्रमा कार्यरत छन् ।

कैलालीको गोदावरी नगरपालिका१२ की इश्वरी लुहार भने रोजगारीका लागि नभई भारतमै बसेका श्रीमानलाई भेट्न भारत गएको बताउँछिन् । श्रमान घर नआएको ३ बर्ष भन्दा बढी समय भयो, आइतबार भारत जाने क्रममा कञ्चनपुरको गौरिफण्टा नाकामा भेटिएकि उनले भनिन्,‘श्रीमान नआएपछि उहाँलाई भेटेर दशैको जमरा दिन म आफै भारत जाँदैछु । घरमा चार छोराछोरी र शासु शसुरा तथा दुई नन्द रहेको उनले बताइन् ।

श्रीमान घरमा आए खर्चको अभाव हुन्छ, उनले भनिन्,‘त्यसैले उहाँ नेपाल आउनु हुन्न, यस बर्ष म आफै दशैको जमरा लगेर भारत जाँदैछु । घरमा भएका बुढा शासु शसुराले छोरालाई भेट्न नपाएपछि भारतमै भएपनि दशैको टिका पु¥याउने इच्छा राखेपछि आफु शासु शसुराको आर्शिवाद जमरा लगेर श्रीमानलाई भेट्न भारत जान थालेकी उनले बताइन् ।

स्वदेशमा रोजगारी नपाइने र भारतमा पाइएको राजगारी गुम्ने डरले दशै राम्ररी मनाउ नाउँदै नेपालीहरु भारत जान थालेका हुन् । अहिले भारतका होटेलमा ग्राहक बढी आउने गर्दछन्, गोदावरी नगरपालिका११ का शिवशंकर ओडल भने, होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनु पर्दछ, कित नोकरी छोड्नु पर्दछ । नोकरी छोड्दा धेरै घाटा लाग्ने गरेको उनि बताउँछन् ।