धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

ढुंगा संकलन गर्न गएका ट्याक्टर चालक नदीमा बगेर वेपत्ता

ढुंगा संकलन गर्न गएका ट्याक्टर चालक नदीमा बगेर वेपत्ता

धनगढी कैलालीमा ढुंगा संकलन गर्न गएका ट्याक्टर चालक नदीमा बगेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा कैलालीको गोदावरी नगरपालिका८ का ३० बर्षिय गणेश आउजी रहेका छन् । उनको खोजि कार्यका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय वासी खुटिया नदीमा खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नयव उपरिक्षक प्रतिक विष्टका अनुसार ढुंगा संकलन गर्दै गर्दा एक्कासी नदीमा पानीको बहाव बढेका कारण ट्याक्टर चालक आउजी बगेको हुन सक्ने अनुमान गरिएको छ । आइतबार राती देखी कैलालीमा भइरहेको अविरल बर्षाका कारण खोलानालामा पानीको बहाव बढेको छ ।