धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृत्यु,

अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृत्यु,

धनगढी । आइतबारदेखी सुरु भएको अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृत्यु भएको छन् । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका१ भात्काँडामा पसल माथीबाट आएको पहिरोमा च्यापिएर ३२ बर्षिय बिष्णु अवस्थी र उनकी ६ बर्षिया छोरी सरिता अवस्थीको मृत्यु भएको छ ।

यसैगरी डडेल्धुराकै अमरगढी नगरपालिका१ तडिपाटामा स्थानीय भीम रावलको घर माथीबाट पहिरो आउँदा रावलकी २५ बर्षिया बुहारी देवकी रावल घाइते भएकिछन् । पहिरोमा परेर १ भैंसी, १ गाई, १ गोरु, २ बाख्रा र २०÷२२ कुखुरा, भाँडा वर्तन, खाद्यान्न पुरिएको जनाइएको छ ।

यसैगरी डोटीको सायल गाउँपालिका६ स्थित बिरबहादुर कुञ्जेडाको घर भत्किदा घर भित्रै च्यापिएरका २ मध्य १ जनाको शव फेला परेको तथा १ जना वेपत्ता रहेका छन् । डोटीकै दिपायल सिलगढी नगरपालिका६ पैया भन्ज्याङ उडितोला बस्ने हेमराज बोहोराको घर भत्किाँदा १ हल गोरु, १ भैंसी, १५÷२० वटा बाख्रा पुरिएका छन् ।

यसैगरी अविरल बर्षाका कारण बझाङको वित्थड चिर गाउँपालिका५ मा पहिरो जाँदा ३ घरमा क्षेति पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार वित्थड चिर गाउँपालिका५ का धनबहादुर बोहराको घर, जगदिश बोहराको घर र मानसिंह बोहराको घर माथी पहिरो खस्दा ३ वटै घरमा सामान्य क्षेति पुगेको हो ।

लगातार बर्षाका कारण सुदूरपशिचमका विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग समेत अबरुद्ध बनेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीको चुरे गाउँपालिका५ र ३ को सीमानामा पर्ने भासु भीर नजिकै पहिरो जाँदा सुदूरपशिचमका सवै पहाडि जिल्लाबाट तराईको यातायात सेवा अवरुद्ध बनेको छ । यसैगरी बझाङको वित्थड चिर गाउँपालिका स्थित जयपृथ्बी राजमार्गमा पहिरो गएको जनाइएको छ । अछामको चौरपाटी गाउँपालिका६ दुनी भावरमा सडक माथीबाट पहिरो जाँदा स्थानीय यातायात अबरुद्ध बनेको छ ।

लगातारको बर्षापछि बझाङको कालंगा नदीमा पानीको बहाव बढेपछि वित्थड चिर गाउँपालिका८ मा रहेको प्रहरी विट विस्थापित भएको छ । प्रहरी विटमा पानी पसेपछि नजिकै रहेको शिक्षोदय माविमा सामान सहित प्रहरी पुगेका छन् ।

लगातारको बर्षाका कारण महाँकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरका २ सय बढी परिवार विस्थापित भएका छन् । महाँकाली नदीको बाढीका कारण कञ्चनपुरको भाइरल सडक भनेर चिनिएका ४ लेन सडक कटान भएको छ ।

यसैगरी कञ्चनपुरकै दोदा नदीमा आएको बाढीका कारण १६ भन्दा बढी परिवपार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपानेले बताए ।

बर्षा संगै कैलालीको कर्णाली नदीमा आएको बाढीका कारण टिकापुर नगरपालिका५ र ८ मा नदी कटान भइ गाउँमा पानी पसेको प्रहरीले जनाएको छ । यसैगरी कैलालीकै खुटिया नदीमा आएको बाढी धनगढी उपमहानगरपालिका१५ कनरी गाउँमा पसेको छ । कैलालीकै मोहना नदीका आएको बाढीका कारण धनगढी१३ श्रीलङ्ककाका २० भन्दा बढी घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।